AarthikBikash
सोमवार, माघ ६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • खेलकुद मन्त्री बब्लु गुप्ताले दिए पदबाट राजीनामा, सिराहा–१ बाट चुनाव लड्ने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए पदबाट राजीनामा, सिराहा–१ बाट चुनाव लड्ने

  • सोमवार, माघ ६, २०८२
खेलकुद मन्त्री बब्लु गुप्ताले दिए पदबाट राजीनामा, सिराहा–१ बाट चुनाव लड्ने

काठमाडौं– युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिएसँगै उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन् । ‘हिजो राति नै प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनाको विषयमा सबै कुरा जानकारी गराइसकेँ, प्रक्रियागत कुराहरु आज सकिन्छ’, गुप्ताले भने, ‘फागुन २१ को निर्वाचनमा केन्द्रित हुन राजीनामा दिएको हुँ ।’ उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारको रुपमा चुनाबमा सहभागी हुने निश्चित भइसकेको छ ।

गुप्ता सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा उनी जेनजी अर्थात् युवा पुस्ताको प्रतिनिधिको रूपमा सहभागी भएका थिए । युवा र खेलकुद क्षेत्रमा नयाँ काम गर्न थाले पनि राजनीतिक यात्रालाई थप उचाइ दिन प्रत्यक्ष निर्वाचनमा जाने निर्णय गरेको उनले बताए ।

सम्बन्धित समाचार