AarthikBikash
सोमवार, माघ ६, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका उम्मेदवार

कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका उम्मेदवार

  • सोमवार, माघ ६, २०८२
कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ हिमाली जिल्लाको उम्मेदवारी टुंगो लगाएको छ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लाका उम्मेदवारहरुको नाम टुङ्गिएको जानकारी गराएका हुन् ।

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये हिमाली जिल्लाको उम्मेदवारी टुंग्याउन बैठक बसेको थियो।

उनले भने- ‘हिमाली जिल्लाको उम्मेदवारी टुंगो लागेको छ, अब तराई र पहाडी जिल्लाको उम्मेदवारी टुंगो लगाइने छ । यसका लागि अरु पक्षसँग पनि छलफल गरेर सबै ठाउँको निश्चित गर्छौं।’

कांग्रेस सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच त्रिपक्षीय वार्तापछि कांग्रेसको उम्मेदवारी टुंगो लाग्ने क्रममा छ।

निर्वाचन आयोगमा मंगलबार बिहान साढे ११ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम सूची बुझाउनुपर्ने कार्यतालिका छ।

सम्बन्धित समाचार