AarthikBikash
मङ्लबार, माघ ७, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेसबाट दोलखामा युवा नेता अजयबाबु शिवाकोटी उम्मेदवार

कांग्रेसबाट दोलखामा युवा नेता अजयबाबु शिवाकोटी उम्मेदवार

  • मङ्लबार, माघ ७, २०८२
कांग्रेसबाट दोलखामा युवा नेता अजयबाबु शिवाकोटी उम्मेदवार

दोलखा – नेपाली कांग्रेसले दोलखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता अजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शिवाकोटीको उम्मेदवारी टुंग्याउँदै पार्टीले आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने लक्ष्यसहित उनलाई मैदानमा उतारेको हो ।

लामो समय पत्रकारितामा सक्रिय रहेका शिवाकोटी नेपाल प्रेस युनियनको महासचिव हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका नेता हुन् ।

पत्रकारितामा रहँदा उनले तत्कालीन सभामुख कृष्णबहादुर महराको यौन दुराचार काण्ड सार्वजनिक गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यस्तै, तत्कालीन सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासम्बन्धी भ्रष्टाचार प्रकरण उजागर गरेपछि मन्त्री पदबाट बाहिरिन बाध्य भएका थिए।

यी घटनापछि शिवाकोटी राष्ट्रिय स्तरमै चर्चित र प्रभावशाली पत्रकारका रूपमा स्थापित भएका थिए। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेपछि उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत बनेका छन्।

संगठनात्मक क्षमता, स्पष्ट धारणा र सार्वजनिक बहसमा प्रभावशाली प्रस्तुतिका कारण उनी पार्टीभित्र उदयमान नेताका रूपमा चिनिँदै आएका छन् ।

यता, प्रतिनिधिसभाको टिकट पाउने आशामा राजीनामा दिएका कुन्दन काफ्ले भने जिल्लिएका छन् । आज मात्रै बागमती प्रदेश सभाबाट राजीनामा दिएका काफ्लेले टिकट नपाएका हुन् । उनी दोलखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार