AarthikBikash
मङ्लबार, माघ ७, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • झापा-५ बाट ओलीले पनि गराए उम्मेदवारी दर्ता

झापा-५ बाट ओलीले पनि गराए उम्मेदवारी दर्ता

  • मङ्लबार, माघ ७, २०८२
झापा-५ बाट ओलीले पनि गराए उम्मेदवारी दर्ता

झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

झापा क्षेत्र नं ५ स्थित निर्वाचन कार्यालयमा पुगेर ओलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सो क्षेत्रबाट ओलीले निरन्तर जित्दै आइरहेका छन् ।

यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

जेनजी आन्दोलनपछि ओलीसँग कटाक्ष गरिरहेका बालेनले आगामी निर्वाचन उनकै क्षेत्रमा लड्ने घोषणा गरेका थिए । सोही अनुसार बालेन सोमबार मात्रै झापा पुगेका थिए । ओली पनि निर्वाचनको उम्मेदवारी मनोनयनका लागि सोमबार नै झापा पुगेका हुन् ।

सम्बन्धित समाचार