रुकुम-नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार रुकुम पूर्वस्थित निर्वाचन कार्यालयमा पुगेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रचण्ड गत निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
आगामी निर्वाचन नयाँ क्षेत्रबाट लड्न लागेका प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि आफू र आफ्नो पार्टीलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।