AarthikBikash
बुधबार, माघ ८, २०८२
  • होमपेज
  • राजनीति
  • सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाही हुनुपर्छ: अध्यक्ष ओली

सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाही हुनुपर्छ: अध्यक्ष ओली

  • बुधबार, माघ ८, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाही हुनुपर्छ: अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।बुधबार झापामा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अवलोकन गर्दै अध्यक्ष ओलीले कानुनअनुसार दोषीहरूलाई कारबाही गर्नुपर्ने बताएका हुन् । उनले भने- ‘राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा आपराधिक गतिविधि हुन्। अपराधलाई प्रोत्साहन गर्न सकिँदैन। अपराध रोक्नुपर्छ र शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ ।’

अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकार अपराधीहरूलाई जोगाउने प्रयासमा रहेको र त्यसैले कारबाही नहुने अवस्थामा रहेको पनि उल्लेख गरे । उनले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट मनोनयन दर्ता गराएका छन् । सो क्षेत्रबाट ओलीले निरन्तर जित्दै आइरहेका छन् । यो पटक ओलीको प्रतिष्पर्धीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ रहेका छन् ।

सम्बन्धित समाचार