AarthikBikash
बिहिबार, माघ १६, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपाद्वारा उपसभापति अर्यालको संयोजकत्वमा ५१ सदस्यीय चुनावी समिति गठन

रास्वपाद्वारा उपसभापति अर्यालको संयोजकत्वमा ५१ सदस्यीय चुनावी समिति गठन

  • बिहिबार, माघ १६, २०८२
रास्वपाद्वारा उपसभापति अर्यालको संयोजकत्वमा ५१ सदस्यीय चुनावी समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लिएर रास्वपाले समिति र उपसमिति गठन गरेको हो ।समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन् । अर्याल नेतृत्वको समिति अन्तर्गत सातै प्रदेशमा समन्वय समिति गठन गरी समन्वय सचिव र सदस्यहरू समेत तोकिएका छन् ।

प्रदेश समन्वय सचिवहरूको जिम्मेवारीमा कोशी प्रदेशका लागि उपेन्द्र पाण्डे, मधेश प्रदेशका लागि डा. नमिता यादव, बागमती प्रदेशका लागि सरिता ज्ञवाली, गण्डकी प्रदेशका लागि तोयराज अधिकारी, लुम्बिनी प्रदेशका लागि अर्जुन अधिकारी, कर्णाली प्रदेशका लागि श्यामबाबु गौतम र सुदूरपश्चिम प्रदेशका लागि डा। कृष्ण भेटुवाल रहेका छन्। यस्तै, आन्तरिक, प्रशासनिक र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको रास्वपाले जनाएको छ ।जस अनुसार पार्टी संगठन तथा उम्मेदवारहरूको समन्वय गर्नका लागि रामकृष्ण भट्टराईको संयोजकत्वमा आन्तरिक समन्वय उपसमिति गठन गरेको छ।

सुरक्षा तथा नेपाल सरकारका निकायहरूसँग समन्वय गर्नका लागि विष्णु कुमार श्रेष्ठको संयोजककत्वमा प्रशासनिक समन्वय उपसमिति र सूचना संकलन गरी केन्द्रीकृत गर्ने तथा सञ्चारगृहहरूसँग समन्वय गर्नका लागि प्रतिभा रावलको संयोजकत्वमा सञ्चार समन्वय उपसमिति छ। सञ्चार समन्वय उपसमिति सदस्यहरूमा असिम साह, विरेन्द्र कुमार मेहता र मिलन लिम्बु रहेका छन्। साथै रास्वपाले प्रदेशमा २१ सदस्यीय र जिल्ला तहमा १५ सदस्यी निर्वाचन सम्पादन समिति गठनको खाका पनि तयार पारेको छ। रा-स्व-पा-संघिय-निर्वाचन-सम्पादन-समिति-गठन-1

सम्बन्धित समाचार