काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक जारी छ । बैठक केहिबेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ। साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत विचार९विमर्श हुने र केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ।