AarthikBikash
सोमवार, माघ २७, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न आदेश

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न आदेश

  • सोमवार, माघ २७, २०८२
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आइतबार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर तथा भाषा प्रयोग नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।अधिवक्ता रामबहादुर राउत, रामेश्वर राउत मातृदासलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, यातायात व्यवस्था विभागलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट निवेदनमा नेपाली सवारी साधनको नम्बर प्लेटमा विदेशी भाषा प्रयोग गर्नु संविधान, राष्ट्रिय पहिचान तथा नेपाली भाषाको संरक्षणसँग सम्बन्धित विषय भएको दाबी गरिएको थियो ।

यसअघि तत्कालीन सरकारले २०८२ असोज १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार