काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा सत्तामा पुगेका नेताहरू जनताको अपेक्षाभन्दा आफ्नै इतिहास र राजनीतिक शक्तिमा केन्द्रितमा केन्द्रित भएको आरोप लगाएका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नं-१ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘जनताको ताकतलाई नजरअन्दाज गर्नु हुँदैन । अहिलेसम्म जनतालाई नजरअन्दाज गर्नेहरू आफ्नै इतिहासमा केन्द्रित भए, र हुनेछन् अब जनताले उनीहरूलाई पत्याउने छैनन् ।’ उनले आफ्नो भाषणमा जनताको आवाजलाई राजनीतिक निर्णयको केन्द्रबिन्दु बनाउनु पर्नेमा जोड दिए । आइतबार साँझ रुपन्देही पुगेका लामिछाने आज रुपन्देहीका-५ वटै निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ ।
दिनभर ५ वटा क्षेत्रका २६ स्थानमा पुगेर साँझ क्षेत्र नं ५ मा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको रास्वपा रुपन्देहीले जनाएको छ । रुपन्देहीको क्षेत्र नं १ मा रास्वपाबाट महामन्त्री सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा लेखजंग थापा, ४ मा कन्हैया बनिया, ५ मा तौफिफ अहमद खान उम्मेदवार छन् ।