AarthikBikash
बिहिबार, चैत्र २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एमाले त्यागेका जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै

एमाले त्यागेका जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै

  • बिहिबार, फाल्गुन ७, २०८२
एमाले त्यागेका जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै

काठमाडौं – नेकपा एमालेका नेता जनार्दन ढकाल नेपाली कांग्रेस प्रवेश गर्न लागेका छन्।

बिहीबार राष्ट्रिय सभा गृहमा कांग्रेसले आयोजना गर्न लागेको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले उनलाई पार्टी प्रवेश गराउन लागेका हुन्।

संविधान सभा सदस्य र एमाले रसुवाका पूर्वअध्यक्ष समेत रहेका ढकाल पछिल्लो एक वर्षयता एमाले नेतृत्वप्रति असन्तुष्ट हुँदै पार्टी गतिविधिमा निष्कृय रहँदै आएका थिए ।

त्यसपछि गत वर्ष फागुनमा ढकालले रसुवालाई एमाले संगठनको नमूना जिल्ला बनाएको तर आफूमाथि जिल्ला इञ्चार्जसहितका नेताबाट पटक–पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको भन्दै पार्टी छाडेको घोषणा गरेका थिए।

गल्छी–त्रिशूली–स्याफ्रु सडक बनाउन पहल गरेको, रसुवागढी नाका सुधार र सुख्खा बन्दरगाह निर्माणमा भूमिका खेलेका ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्थे ।

सम्बन्धित समाचार