काठमाडौं – तारकेश्वरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
जिल्लाको तारकेश्वर नगरपालिका–९ स्थित केहीबेर अघि स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको थियो ।
उक्त चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घाइते हुनेमा तारकेश्वरका स्थानिय दुलाल महर्जन र मायानाथ वाग्ले रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि आर्मी अस्पताल पुर्याइएको छ ।
महर्जनको टाउको र बायाँ हातमाचोट छ भने वाग्लेको बायाँ हातमा चोट लागेको बताइएको छ ।
वन विभागको टोली आएर उद्धार गर्ने भएकाले हाल चितुवालाई घर भित्रै थुनेर राखिएको छ ।