AarthikBikash
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • राजनीति
  • देश र मधेश विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौँ : रवि

देश र मधेश विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौँ : रवि

  • बुधबार, फाल्गुन १३, २०८२
देश र मधेश विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौँ : रवि

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र मधेशलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गरेका छन्।

बुधवार जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन्।

‘हामीले यसअघि पनि देश र मधेशलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौँ । हामी विभदेको कुरा गर्न अलि चुक्यौँ । हामीले जति चर्को रुपमा सुशासनको कुरा गर्यौँ त्यतिकै चर्को आवाजमा विभेदको कुरा गर्न सकेनौँ । तर यसपटक हामीले विभेदको अन्त्य सँगै सुशासनको स्थापना गर्न प्रतिवद्धताका साथ आएका छौँ,’ उनले भने ।

अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो रूपमा उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकेको स्वीकार्दै यो पटक विभेदको अन्त्य गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित समाचार