AarthikBikash
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पाकिस्तानले गर्‍यो अफगानी तालिबानविरूद्ध ‘खुला युद्ध’ घोषणा

पाकिस्तानले गर्‍यो अफगानी तालिबानविरूद्ध ‘खुला युद्ध’ घोषणा

  • शुक्रबार, फाल्गुन १५, २०८२
पाकिस्तानले गर्‍यो अफगानी तालिबानविरूद्ध ‘खुला युद्ध’ घोषणा

काठमाडौं– पाकिस्तानले अफगानी तालिबानविरुद्ध खुला युद्ध घोषणा गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ ले सामाजिक सञ्जाल ‘एक्स’मार्फत इस्लामावादको धैर्यता समाप्त भएको उल्लेख गर्दै तालिबानविरुद्ध कडा सैन्य कारबाही सुरु गरिएको घोषणा गरेका हुन्।बिहीबार राति अफगानिस्तानले पाकिस्तानको सीमा क्षेत्रका ६ भन्दा बढी ठाउँमा हमला गरेको थियो। यसलाई तालिबान सरकारले गत आइतबार पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा गरेको हमलाको जबाफ भनेको छ।

गएराति अफगानिस्तानको हमलामा ५५ पाकिस्तानी सेना मारिएको र केही सैनिकलाई नियन्त्रणमा लिएको पनि तालिबानका सहायक प्रवक्ता हमदुल्लाह फिरातले बताएका छन्। पाकिस्तानले शुक्रबार बिहानै अफगानिस्तानको काबुल, पक्तिका र कान्दाहारका विभिन्न क्षेत्रमा हवाई हमला गरेको पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित समाचार