AarthikBikash
आइतवार, फाल्गुन १७, २०८२

हालको खबर

  • होमपेज
  • राजनीति
  • चुनावको मुखमा रास्वपालाई ठुलो धक्का: कर्णाली प्रदेश महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी, कांग्रेस प्रवेश

चुनावको मुखमा रास्वपालाई ठुलो धक्का: कर्णाली प्रदेश महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी, कांग्रेस प्रवेश

  • आइतवार, फाल्गुन १७, २०८२
चुनावको मुखमा रास्वपालाई ठुलो धक्का: कर्णाली प्रदेश महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी, कांग्रेस प्रवेश

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक जिल्ला सभापतिले पार्टी परित्याग गरेका छन् ।

आइतबार महामन्त्री चन्द्रा बिक र कार्यवाहक सभापति जगत बस्नेतसहितका नेताहरुले साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका हुन् ।

पार्टी परित्याग गरे लगत्तै उनीहरु काँग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरुलाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा  खादा र मालाले स्वागत गरेका छन् ।

उनीहरुसंगै रास्वपा छाडेर कांग्रेस प्रवेश गरेका अन्य दर्जनौँ कार्यकर्ताहरू पनि यस अवसरमा सहभागी थिए ।

निर्वाचनको मुखमा प्रदेश महामन्त्री र कार्यवाहक सभापति पार्टी परित्याग गरेपछि  रास्वपालाई ठुलो चुनौती हुने देखिन्छ ।

सम्बन्धित समाचार