AarthikBikash
आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • राजनीति
  • सरकारले भन्यो– ट्रान्जिटमा रहेका नागरिक सुरक्षित, तर छिट्टै समाधान नहुने

सरकारले भन्यो– ट्रान्जिटमा रहेका नागरिक सुरक्षित, तर छिट्टै समाधान नहुने

  • आइतवार, फाल्गुन १७, २०८२
सरकारले भन्यो– ट्रान्जिटमा रहेका नागरिक सुरक्षित, तर छिट्टै समाधान नहुने

 काठमाडौं – मध्यपूर्वी क्षेत्रमा सुरू भएको द्वन्द्वका कारण नेपालीहरू पनि प्रभावित भएका छन्। वैदेशिक रोजगारी अन्य भिसा लिएर हिंडेका नेपालीहरू काठमाडौंको विमानस्थलदेखि विभिन्न देशका ट्रान्जिटमा समेत फसेको सरकारले जनाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको मारमा परेका नेपालीहरूको विषयमा छलफल गरेको छ।

परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालीहरूलाई परेको समस्या समाधान गर्न सरकार तत्पर रहेको बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फसेकाहरूलाई उद्धार गरिसकिएको बताए।

त्यस्तै ट्रान्जिटमा फसेका नेपालीहरूलाई पनि सोही स्थानमा सुरक्षित राख्न सम्बन्धित देशका दूतावासहरूलाई निर्देशन दिइएको उनले बताए। ‘सबै एयरपोर्टहरू बन्द छन्। कसैलाई फर्काउन पनि सकिँदैन, अगाडि लैजान पनि सकिँदैन। अहिले जहाँ छन्, त्यहीँ नै सुरक्षा दिएर राख्ने मात्र प्रबन्ध भएको छ,’ उनले भने।

उनले सम्बन्धित एयरलायन्स र व्यवसाय दिने कम्पनीहरूसँग पनि नेपालीको सुरक्षाका विषयमा छलफल भएको बताए। उनले हालसम्म कुनै पनि नेपालीको हाताहाती नभएको बताए। ‘त्यहाँ बसेका अधिकांश नेपालीहरूका बारेमा अहिलेसम्म कुनै पनि हताहत नभएको र यसको सुरक्षाको निमित्त उचित प्रबन्ध मिलाइसकिएको छ,’ उनले भने।

सम्बन्धित समाचार