एजेन्सी – युएईमा भएको इरानी आक्रमणका क्रममा एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ ।
युएईको रक्षा मन्त्रालयका अनुसार शनिबारदेखि जारी यस आक्रमणमा परी नेपाली, पाकिस्तानी र बंगलादेशी नागरिकले ज्यान गुमाएका हुन् ।
गल्फ न्यूजका अनुसार आक्रमणमा परी विभिन्न देशका ५८ जना सामान्य घाइते भएका छन् ।
मन्त्रालयका अनुसार देशको वायु सेना र हवाई रक्षा प्रणालीले अहिलेसम्म १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनको सामना गरिसकेको छ ।
जसमध्ये अधिकांश क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गरिएको छ।