AarthikBikash
बुधबार, फाल्गुन २०, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • टिकटकर रतन कार्कीलाई चितवन प्रहरीले गर्‍यो सोधपुछ

टिकटकर रतन कार्कीलाई चितवन प्रहरीले गर्‍यो सोधपुछ

  • बुधबार, फाल्गुन २०, २०८२
टिकटकर रतन कार्कीलाई चितवन प्रहरीले गर्‍यो सोधपुछ

चितवन – आचारसंहिता उल्लंघन गरेको आशंकामा टिकटकर तथा युट्युबर रतन कार्कीलाई प्रहरीले सोधपुछ गरेको छ।

प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा विभिन्न उम्मेदवारहरुको प्रचार गरेर भिडियो पोष्ट गरेका आरोपमा उनलाई प्रहरीले नियन्त्रण लिई सोधपुछ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोधपुछपछि कार्कीलाई छोडिएको छ।

अनुसन्धानको क्रममा कार्कीले पोस्ट गरेका तस्बिरहरू सामाजिक सञ्जालबाट हटाउन निर्देश दिइएको र पालना गरिएको जनाइएको छ।

कार्की यसअघि जापानमा बस्दै आएका थिए । केही दिनअघि नेपाल फर्किएका उनले चुनावी माहोलसँग सम्बन्धित भिडियोहरू टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए । जुन आचारसंहिता उल्लंघनको रूपमा मूल्यांकन गरिएको थियो।

सम्बन्धित समाचार