कैलाली – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको छ।
प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार प्रदेशभर रहेका १७ लाख १६ हजार ६६० मतदातामध्ये ८ लाख ७४ हजार १७७ मत खसेका छन्।
प्रदेशका पहाडी जिल्लाहरूमा मतदान दर तुलनात्मक रूपमा कम देखिएको छ। तथ्यांकअनुसार सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा ५० प्रतिशतभन्दा कम मतदान भएको छ।
जिल्लागत रूपमा सबैभन्दा बढी ५८.६ प्रतिशत मतदान कञ्चनपुर मा भएको छ भने सबैभन्दा कम ३९.२ प्रतिशत मतदान अछाममा भएको छ।
प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र स्थापना गरिएको थियो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय का प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाका अनुसार १६ वटै निर्वाचन क्षेत्रमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।