AarthikBikash
सोमवार, फाल्गुन २५, २०८२
  • होमपेज
  • राजनीति
  • जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक सरकारलाई जेनजी अलायन्सको २४ घण्टे अल्टिमेटम

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक सरकारलाई जेनजी अलायन्सको २४ घण्टे अल्टिमेटम

  • सोमवार, फाल्गुन २५, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक सरकारलाई जेनजी अलायन्सको २४ घण्टे अल्टिमेटम

काठमाडौं – जेनजी अलायन्स फर मोनार्कीले जाँचबुझ आयोगको पूर्ण प्रतिवेदन  सार्वजनिक गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अलायन्सले जेनजी प्रर्दशनको घटना सम्बन्धी प्रतिवेदन सरकारको हातमा पुगिसकेको उल्लेख गर्दै अब कुनै बहाना नगरी २४ घण्टाभित्र नेपाली जनतासमक्ष सार्वजनिक गर्न माग गरेको हो ।

‘विज्ञप्तिमा प्रतिवेदनको कुनै पनि सम्पादित वा संक्षेपित संस्करण स्वीकार नगर्ने स्पष्ट पारिएको छ । हामीले कुनै पनि त्यस्तो संस्करण स्वीकार गर्ने छैनौँ जुन सम्पादन, संक्षेपण वा राजनीतिक स्वार्थअनुकूल परिवर्तन गरिएको होस्,’विज्ञप्तिमा भनिएको छ।

सरकारले २४ घण्टाभित्र प्रतिवेदन सार्वजनिक नगरे वा छेडछाड गरी अपूर्ण संस्करण प्रस्तुत गरे देश थप अन्योल र अराजकताको बाटोमा मोडिने जेनजी अलायन्स फर मोनार्कीको चेतावनी दिएको छ ।

सरकारले पारदर्शिता कायम गर्दै सत्यतथ्यसहितको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने अलायन्सको माग छ ।

आइतबार पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका थिए।  प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएकी थिइन ।

मूल करिब नौ सय पृष्ठको रहेको र अनुसूचीहरूसमेत गरेर गरेर १० हजार बढी पृष्ठ रहेको उक्त प्रतिवेदनमा २ सय बढीको बयान छ ।

प्राप्त प्रमाणको आधारमा आयोगले भदौ २३ र २४ को घटनामा दोषी देखिएकाहरूमाथि कार्वाहीको सिफारिस गरेको आयोगले जनाएको छ ।

उक्त प्रतिवेदनमा तत्कालिन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत कारबाहीको सिफारिस भएको बुझिएको छ।

5.png

सम्बन्धित समाचार