AarthikBikash
आइतवार, बैशाख १३, २०८३
  • होमपेज
  • राजनीति
  • समानुपातिकतर्फको मतगणना सकियो, अब सिट संख्या निर्धारण गरिने

समानुपातिकतर्फको मतगणना सकियो, अब सिट संख्या निर्धारण गरिने

  • बुधबार, फाल्गुन २७, २०८२
समानुपातिकतर्फको मतगणना सकियो, अब सिट संख्या निर्धारण गरिने

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ ।

बुधबार गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ सबै क्षेत्रको मतगणना सकिएको हो ।

मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको छ।

योसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य पनि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार समानुपातिक निर्वाचनतर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत खसेको थियो ।

खसेकोमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्र स्थानमा छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, तेस्रोमा रहेको नेकपा एमालेले १४ लाख ४८ हजार आठ सय ५४ र चौथोमा रहेको नेपाली कम्युनिस्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३ मत प्राप्त गरेका छन् ।

यस्तै श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन् ।

उज्यालो नेपाल लगायतका अन्य दलहरुले थ्रेसहोल्ड समेत कटाउन सकेका छैनन् ।

सम्बन्धित समाचार