AarthikBikash
बिहिबार, फाल्गुन २८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • शुक्रबारदेखि अनिश्चितकालका लागि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरण गरिने

शुक्रबारदेखि अनिश्चितकालका लागि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरण गरिने

  • बिहिबार, फाल्गुन २८, २०८२
शुक्रबारदेखि अनिश्चितकालका लागि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरण गरिने

काठमाडौं-भोलिदेखि अनिश्चितकालका लागि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरण हुने भएको छ। नेपाल आयल निगमले आज सूचना जारी गरेर एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरण गर्नका लागि उक्त व्यवस्था गरिएको जनाएको छ।

भोलिदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजि एलपि ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको निगमले जनाएको छ।

निगमले एलपि ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध गराउन उक्त निर्णय गरेको उल्लेख गरेको छ।

निगमले नियमित रूपमा माग अनुरूप नै एलपि ग्यासको आयात तथा वितरण गरिरहेको भए तापनि विगत दुई/तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको निगमले जनाएको छ।

May be an image of text

सम्बन्धित समाचार