AarthikBikash
शुक्रबार, चैत्र ६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तीर्थयात्री बोकेको माइक्रो दुर्घटना : ७ जनाको मृत्यु, ८ घाइते

तीर्थयात्री बोकेको माइक्रो दुर्घटना : ७ जनाको मृत्यु, ८ घाइते

  • आइतवार, चैत्र १, २०८२
तीर्थयात्री बोकेको माइक्रो दुर्घटना : ७ जनाको मृत्यु, ८ घाइते

गोरखा – मनकामना मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा पर्दा  ७ जनाको मृत्यु भएको छ।

शनिबार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टारनजिकै सडकबाट तल खसेर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार माइक्रो बसमा १४ जना तीर्थयात्री सवार थिए। दुर्घटनामा  ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले तत्काल उद्धार कार्य सुरु गरेका थिए। दुर्घटनामा घाइते भएका ८ जनालाई सडकबाट निकालेर उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

सम्बन्धित समाचार