AarthikBikash
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • १०९ किलो गाँजासहित भारतीय कार प्रहरी नियन्त्रणमा

१०९ किलो गाँजासहित भारतीय कार प्रहरी नियन्त्रणमा

  • आइतवार, चैत्र १, २०८२
१०९ किलो गाँजासहित भारतीय कार प्रहरी नियन्त्रणमा

महोत्तरी – नेपाल प्रहरीले महोत्तरीबाट १०९ किलो गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ।

शनिबार राति जिल्लाको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोकबाट  लुकाएर भारततिर लैजाँदै गरेको डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो।

पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा लागु औषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गाँजासहित कार नियन्त्रणमा लिएको थियो।

कार चालक फरार रहेको प्रहरीको भनाइ छ। प्रहरीले बरामद गाँजा र कारलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित समाचार