AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • राजनीति
  • राप्रपाले टुङ्ग्यायो ४ जना समानुपातिक सांसदको नाम

राप्रपाले टुङ्ग्यायो ४ जना समानुपातिक सांसदको नाम

  • आइतवार, चैत्र १, २०८२
राप्रपाले टुङ्ग्यायो ४ जना समानुपातिक सांसदको नाम

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समानुपातिक सांसद बन्ने चार जनाको नाम टुङ्गो लगाएको छ ।

आज राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुङ्गो लगाएको हो ।

समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

पार्टीले भरत गिरी (खस आर्य पुरुष), ताहिर अली (मुस्लिम पुरुष), खुस्बु ओली (खस आर्य महिला), सरस्वती लामा (जनजाति महिला) को नाम सिफारिस गरेको जनाएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको थियो । पार्टीले समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा पठाउने तयारी गरेको जनाएको छ ।

सम्बन्धित समाचार