AarthikBikash
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • राजनीति
  • नेपाल रूपान्तरणको नयाँ चरणमा प्रवेश गरेको प्रधानमन्त्री कार्कीको दाबी

नेपाल रूपान्तरणको नयाँ चरणमा प्रवेश गरेको प्रधानमन्त्री कार्कीको दाबी

  • सोमवार, चैत्र २, २०८२
नेपाल रूपान्तरणको नयाँ चरणमा प्रवेश गरेको प्रधानमन्त्री कार्कीको दाबी

काठमाडौं – प्रधानमन्त्री सुशिला कार्कीले नेपाल अहिले राजनीतिक र आर्थिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गरेको बताएकी छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले नयाँ जनादेश र बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशले मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले देशको बदलिँदो तस्बिरलाई वास्तविक उपलब्धिमा बदल्न विश्वभर छरिएका नेपालीहरूको साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको उल्लेख गरिन्।

‘नेपाल अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ, जहाँ जनतामा विकास र समृद्धिको नयाँ आशा जागृत भएको छ,’ उनले भनिन्, ‘यस्तो महत्वपूर्ण समयमा तपाईंहरूले देखाउनुभएको एकता र साझा जिम्मेवारीको सन्देशले मुलुकको विकास यात्रामा थप ऊर्जा प्रदान गर्नेछ।’

उनले प्रवासी नेपालीहरूलाई विदेशमा आर्जन गरेको ज्ञान, सीप, अनुभव र पुँजी मातृभूमिको विकासमा लगानी गर्न आग्रह गरिन्। संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताले मातृभूमि र प्रवासी नेपालीबीचको सम्बन्धलाई अझ मजबुत बनाएको बताउँदै उनले यसलाई लगानी र सहकार्यको सेतुका रूपमा उपयोग गर्न आह्वान गरिन्।

सम्बन्धित समाचार