AarthikBikash
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार

  • बिहिबार, चैत्र ५, २०८२
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार

काठमाडौं – विभिन्न कारणले कम्बोडियामा अलपत्र परेका २० नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ ।

विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूको गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो।

उनीहरु कम्बोडियाबाट बुधबार उडेर बिहीबार नेपालस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्। उद्धार गरिएकाहरूको दूतावासले कुनै परिचय भने खुलाएको छैन।

दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरू अनलाइन ठगी, अनलाइन क्यासिनो र अन्य गैर कानुनी काममा संलग्न थिए वा बिना भिसा बसिरहेका थिए ।

दूतावासका अनुसार कम्बोडियामा अझै अलपत्र परेकाहरू छन् र उनीहरूलाई पनि सुरक्षित फर्काउन पहल भइरहेको छ ।

यसअघि गत महिना पनि मानव तस्करको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ नेपालीको उद्धार गरिएको थियो ।

साथै दूतावासले कुनै प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा नजान आग्रह गरेको छ।

सम्बन्धित समाचार