AarthikBikash
मङ्लबार, चैत्र १०, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु

बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु

  • मङ्लबार, चैत्र १०, २०८२
बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु

पर्वत – कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।

जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर  दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जीपमा ३५ वर्षीय चालक एक्लै रहेका थिए।  चालक परियारको उद्धार गरी  प्रदेश अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ।

वर्षाका कारण उकालो बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित समाचार