काठमाडौं – सरकारले जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रतिवेदन गोप्य राखेको भनेर सर्वत्र प्रश्न उठिरहेकाे समयमा सरकारले सार्वजनिक गर्ने तयारी गरेको हो । उच्च सरकारी स्रोतले प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुअघि सरकारका केही वरिष्ठ मन्त्रीहरुसँग आन्तरिक छलफल गरिरहनुभएकाे जनाएकाे छ। सोही छलफलले प्रतिवेदन कहिले सार्वजनिक गर्ने भन्ने मिति निश्चित हुने स्रोतको भनाइ थियाे ।
सरकारका एक उच्च अधिकारीले मंगलबार र बुधबारसम्ममा प्रतिवेदन सार्वजनिक हुनसक्ने बताएका छन् । तर प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले भने प्रतिवेदन सार्वजनिक हुन लागेको भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभयाे । गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले गतफागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो ।