AarthikBikash
बुधबार, चैत्र ११, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • इटहरी चोकमा रहेको एक पूर्वाञ्चल क्याफेमा भीषण आगलागी

इटहरी चोकमा रहेको एक पूर्वाञ्चल क्याफेमा भीषण आगलागी

  • बुधबार, चैत्र ११, २०८२
इटहरी चोकमा रहेको एक पूर्वाञ्चल क्याफेमा भीषण आगलागी

इटहरी – सुनसरीको इटहरी उपमहानगर चोकमा रहेको पूर्वाञ्चल क्याफेमा भीषण आगलागी भएको छ।

इटहरी उपमहानगर ६ स्थित मुख्य चोकबाट उत्तरतर्फ रहेको पूर्वाञ्चल क्याफे एण्ड आइसक्रिम पार्लर रहेको भवनमा आगलागी भएको हो।

आगलागीका कारण पार्लर वरपर रहेका घर र पसलहरु जोखिममा परेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरी, सशस्त्र प्रहरी बलको टोली, उपमहानगरका नगरप्रहरीको टोली र स्थानीयको प्रयासमा आगो नियन्त्रणका आइसकेको छन्।

जेनजी आन्दोलनका क्रममा उपमहानगरको वारुणयन्त्र आगजनीमा परेपछि सुनसरीका अन्य पालिकाबाट घटनास्थल पुगेका दमकले आगलागी नियन्त्रण लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आगलागीको घटनाबारे प्रारम्भिक विवरण सार्वजनिक भए पनि यसको कारण खुल्न सकेको छैन।

सम्बन्धित समाचार