AarthikBikash
बुधबार, चैत्र ११, २०८२
  • होमपेज
  • राजनीति
  • पदभार ग्रहण गर्दै ज्येष्ठ नेता केसीले भने : मेरो समयभित्र निष्पक्ष र पारदर्शी भुमिका निभाउँछु

पदभार ग्रहण गर्दै ज्येष्ठ नेता केसीले भने : मेरो समयभित्र निष्पक्ष र पारदर्शी भुमिका निभाउँछु

  • बुधबार, चैत्र ११, २०८२
पदभार ग्रहण गर्दै ज्येष्ठ नेता केसीले भने : मेरो समयभित्र निष्पक्ष र पारदर्शी भुमिका निभाउँछु

काठमाडौं – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् ।

आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका केसीले शपथ लगत्तै सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले आफ्नो सीमित समयको सभामुखको भूमिकामा कार्यकालमा संसद्लाई निष्पक्ष र पारदर्शी  रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले भने- ‘मेरो निष्पक्ष समयभित्र निष्पक्ष र पारदर्शी रूपले सभामुखको भुमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ । र संसदभित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकको रूपमा पनि भूमिका निर्वाह गर्नुपर्छ ।’

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका ७८ वर्षीय केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।

केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते बिहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

नयाँ सभामुख चयन नभएसम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन् ।

सम्बन्धित समाचार