AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सदस्यको शपथ आज

प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सदस्यको शपथ आज

  • बिहिबार, चैत्र १२, २०८२
प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सदस्यको शपथ आज

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ ।

संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथ हुनेछ ।

४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

सम्बन्धित समाचार