AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • राजनीति
  • बालेन बने रास्वपाको संसदीय दलको नेता

बालेन बने रास्वपाको संसदीय दलको नेता

  • बिहिबार, चैत्र १२, २०८२
बालेन बने रास्वपाको संसदीय दलको नेता

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट देशकै सबैभन्दा ठूलो पार्टी बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदिय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।

केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ लाई चयन गरेको छ ।

जारी केन्द्रीय समिति बैठकले वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको हो ।

काठमाडौं महानगरपालिकाको मेयर पद त्यागेर रास्वापा प्रवेश गरेका बालेनले त्यतिबेलै आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने भन्दै सम्झौता गरेका थिए ।

रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरिएको हो । योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

सम्बन्धित समाचार