AarthikBikash
बिहिबार, चैत्र २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • इमाडोलबाट पाटन बोलाएर चक्कु प्रहार गरी दाजुभाइको हत्या

इमाडोलबाट पाटन बोलाएर चक्कु प्रहार गरी दाजुभाइको हत्या

  • बिहिबार, चैत्र २६, २०८२
इमाडोलबाट पाटन बोलाएर चक्कु प्रहार गरी दाजुभाइको हत्या

ललितपुर – ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडि चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ ।

सामान्य फोन सम्पर्कबाट सुरु भएको विवादले भयावह रूप लिँदा पाँचथर घर भई हाल इमाडोल बस्दै आएका ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको बुधबार साँझ हत्या भएको हो ।

प्रहरीका अनुसार, हत्यामा संलग्न सञ्जीव नेपालीलाई घटनालगत्तै पक्राउ गरिएको छ । उनीसँगै संलग्न अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, नेम्बाङ दाजुभाइले गरेको फोन झुक्किएर सञ्जीवको नम्बरमा पुगेको थियो । अपरिचितबीच सुरुमा सामान्य संवाद भए पनि केहीबेरमै विवाद चर्किएको थियो ।

फोनमै भनाभन बढ्दै जाँदा सञ्जीवले उनीहरूलाई पाटन बोलाएका थिए। इमाडोलबाट पाटन पुगेका दाजुभाइमाथि सञ्जीवले मासु पसलमा प्रयोग हुने धारिलो हतियारले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका दुवैको बीएन्डबी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सम्बन्धित समाचार