काठमाडौं– पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनमा आफूलाई पक्राउ गरिएको भएपनि हिजो १३ दिनपछि रिहा भएको बताएका छन् । उनले आफूलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण तरिकाले फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखेको बताएका छन् ।
उनले भनेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभ चिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु।’ उनले रिहा गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन्। उनले थपेका छन्, ‘म क़ानून पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीतिक लडाई जारी रहनेछ।’