AarthikBikash
शनिबार, चैत्र २८, २०८२
  • होमपेज
  • राजनीति
  • सभामुख अर्यालले सम्पत्ति लुकाएको पोखरेलको आरोप

सभामुख अर्यालले सम्पत्ति लुकाएको पोखरेलको आरोप

  • शनिबार, चैत्र २८, २०८२
सभामुख अर्यालले सम्पत्ति लुकाएको पोखरेलको आरोप

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन्।

शनिबार एमाले सम्पर्क विशेष सङ्गठन कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको आरोप लगाएका हुन्।

‘राज्यलाई कर तिरिएको छ कि छैन ? सभामुखजीले यसको जवाफ दिनुपर्छ। सुशासन अरूलाई तर्साउन होइन, आफैँले पालना गर्नका लागि हो। एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार छन्, के नयाँ भनिनेहरू तयार छन्रु’पोखरेलले श्रमिकबाट मालिक बन्नु अपराध होइन, तर विदेशमा कमाएको भनिएको त्यो सम्पत्ति कुन च्यानलबाट आयो भन्दै प्रश्न गरेका छन् ।

उनले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाउदै एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताए ।

साथै पोखरेलले नयाँ तयार छन् कि छैनन् रु भन्दै प्रश्न पनि गरे।

सम्बन्धित समाचार