AarthikBikash
आइतवार, चैत्र २९, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इरानलाई हतियार दिए राम्रो नहुने चीनलाई ट्रम्पको धम्की

इरानलाई हतियार दिए राम्रो नहुने चीनलाई ट्रम्पको धम्की

  • आइतवार, चैत्र २९, २०८२
इरानलाई हतियार दिए राम्रो नहुने चीनलाई ट्रम्पको धम्की

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई कडा चेतावनी दिएका छन् । चीनले इरानलाई हतियार आपूर्ति गरे “गम्भीर परिणाम” भोग्नुपर्ने भन्दै ट्रम्पले धम्की दिएका हुन् ।

ह्वाइट हाउस बाट मियामी प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी गुप्तचर निकायहरूले आगामी हप्ताहरूमा इरानले चीनबाट नयाँ हवाई रक्षा प्रणाली प्राप्त गर्न सक्ने संकेत फेला पारेका छन्। उक्त रिपोर्टमा चीनले आफ्नो संलग्नता लुकाउन तेस्रो देशमार्फत हतियार पठाउन सक्ने आशंका पनि व्यक्त गरिएको छ।

तर चीन ले यी आरोपहरूलाई कडाइका साथ अस्वीकार गरेको छ र कुनै पनि प्रकारको सैन्य सहयोग नदिएको दाबी गरेको छ।

यसैबीच, पाकिस्तान को इस्लामाबाद मा भएको अमेरिका–इरान शान्ति वार्ता २१ घण्टाभन्दा लामो छलफलपछि पनि बिना निष्कर्ष टुंगिएको छ।

वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफ्नो टोलीसहित स्वदेश फर्किएका छन्। प्रस्थानअघि आयोजित पत्रकार सम्मेलनमा उनले सम्झौता नहुनु अमेरिकाभन्दा इरानका लागि बढी नोक्सानदायक भएको दाबी गरे। ‘हाम्रा सर्तहरू स्पष्ट थिए, तर इरानले स्वीकार गरेन,’ उनले भने।

भान्सका अनुसार कुनै पनि सम्भावित सम्झौतामा इरानले आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने अमेरिकाको अडान कायम छ।

उता, इरानले पनि वार्ता असफल हुनुको कारण अमेरिकाका ‘अत्यधिक कडा र असन्तुलित सर्तहरू’ भएको आरोप लगाएको छ।

सम्बन्धित समाचार