AarthikBikash
आइतवार, चैत्र २९, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते, २ गते कार्यतालिका सार्वजनिक हुने

कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते, २ गते कार्यतालिका सार्वजनिक हुने

  • आइतवार, चैत्र २९, २०८२
कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते, २ गते कार्यतालिका सार्वजनिक हुने

काठमाडौं – नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते सुरु गरिने भएको छ ।

निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तय भएको जानकारी दिए ।

उनले भने- ‘नेपाली कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते गर्ने । वैशाख २ गते निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्छ । एकल उम्मेदवारी पर्यो भने सर्वसम्मत नेता चयन हुन्छ । नभए लोकतान्त्रिक विधि पद्दतिबाट निर्वाचन गराएर प्रतिपक्षी दलको नेता चयन हुन्छ ।’

कांग्रेसका प्रतिनिधि सभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू निर्वाचित भएका छन् ।

३८ सांसदको नेता हुनका लागि ४ नेताले दाबी गर्ने देखिएको छ । जसमा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्का रहेका छन् ।

दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको छ । जसमा संयोजक रसाइली, केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन्।

प्रतिनिधि सभामा दोस्रो ठुलो दलका रुपमा रहेको नेपाली कांग्रेस बाहेक बाँकी दलहरुले यसअघि नै दलको नेता चयन गरी सकेका छन् ।

सम्बन्धित समाचार