AarthikBikash
आइतवार, चैत्र २९, २०८२
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री बालेनको खातामा एक करोड ४६ लाख, स्रोत सामाजिक सञ्जाल

प्रधानमन्त्री बालेनको खातामा एक करोड ४६ लाख, स्रोत सामाजिक सञ्जाल

  • आइतवार, चैत्र २९, २०८२
प्रधानमन्त्री बालेनको खातामा एक करोड ४६ लाख, स्रोत सामाजिक सञ्जाल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको विवरणअनुसार शाहको बैंक मौज्दात १ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

प्रधानमन्त्री शाहले उक्त रकमको स्रोत फेसबुक, युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालबाट भएको आम्दानी रहेको उल्लेख गरेका छन्। डिजिटल प्लेटफर्ममार्फत कमाएको आम्दानीलाई उनले आफ्नो मुख्य आर्थिक स्रोतका रूपमा देखाएका छन्।

सम्पत्ति विवरणमा उनकी पत्नी सविना शाहको नाममा १९० तोला सुन रहेको उल्लेख गरिएको छ। उक्त सुन पैत्रिक सम्पत्तिबाट प्राप्त भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

त्यसैगरी, पारिवारिक सम्पत्तिको विवरणमा उनकी आमा ध्रुवदेही शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको जनाइएको छ। त्यस्तै, पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार