AarthikBikash
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • राजनीति
  • काँग्रेसमा आन्तरिक रणनीतिबारे छलफल गर्दै देउवा पक्ष, खड्काको नेतृत्वमा बैठक

काँग्रेसमा आन्तरिक रणनीतिबारे छलफल गर्दै देउवा पक्ष, खड्काको नेतृत्वमा बैठक

  • आइतवार, बैशाख ६, २०८३
काँग्रेसमा आन्तरिक रणनीतिबारे छलफल गर्दै देउवा पक्ष, खड्काको नेतृत्वमा बैठक

काठमाडौं – सर्वोच्च अदालतको आदेशपछि धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

आइतबार १४औँ महाधिवेशनबाट निर्वाचित केही पदाधिकारीसहित केन्द्रीय सदस्यहरु छलफलमा जुटेका हुन् ।

पार्टीको आधिकारिक नेतृत्व गगनकुमार थापाको पक्षमा गएको पछिल्लो विकास क्रमपछि देउवा निकट समूहले संगठनभित्रको भूमिकाबारे पुनः मूल्यांकन गर्ने क्रममा विभिन्न तहमा छलफल अघि बढाएको हो।

उक्त छलफलमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। बैठकमा कृष्ण सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह लगायत नेताहरू सहभागी छन्।

यसअघि शनिबार खड्काले आफ्नो निवासमा देउवा पक्षका नेताहरुलाई बोलाएर छलफल गरेका थिए । बैठकमा सहभागि अधिकांश नेताहरुले सर्वोच्च अदालतको निर्णयप्रति असहमति रहे पनि संस्थागत रूपमा स्वीकार गर्ने र पार्टीलाई एक बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षका खड्कालगायतका केहि नेत गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिरकारिकतालाई चुनौती दिँदै सर्वोच्च गुहार्न पुगेको थियो।

तर शुक्रबार सर्वोच्चले उक्त रिट नै खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ ।

विशेष महाधिवेशनपछि आधिकारिकता विवादमा रुमल्लिएको कांग्रेस शुक्रबार सर्वोच्चको आदेशसँगै देउवा पक्ष नयाँ रणनीति बनाउने पक्षमा देखिएको छ ।

सम्बन्धित समाचार