AarthikBikash
सोमवार, बैशाख १४, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

  • सोमवार, बैशाख १४, २०८३
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ।

बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरे पनि औपचारिक रूपमा भने आगामी संसदीय दलको बैठकबाट अनुमोदन गरिनेछ।

कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि पहिलो पटक सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको हो।

सुरुमा भीष्मराज आङ्देम्बेसहित अर्जुननरसिंह केसी र मोहन आचार्य दाबेदारका रूपमा देखिए पनि पार्टीभित्र एकताको सन्देश दिन आङ्देम्बेलाई नै नेतृत्व दिनुपर्ने धारणा बलियो बनेको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार