काठमाडौं – सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।
सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतको दावी छ । तर, कुन–कुन अध्यादेश आउँदैछन् भन्ने विषयमा भने अझै टुंगो नलागेको स्रोत बताउँछ ।
images
images
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए ।
तर, भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।