काठमाडौं – नक्कली नोटको बन्डलसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका–०७ बस्ने बलबहादुर तामाङ र पूर्णमाया तामाङको छोरा २६ वर्षीय योगबहादुर तामाङ, उदयपुरको ताप्ली गाउँपालिका–३ घर भई बारा बस्ने ३८ वर्षीय मिलनकुमार तामाङ, उदयपुर घर भई काठमाडौंको दक्षिणकाली बस्ने ३६ वर्षीय भविन्द्रकुमार तामाङ रहेका छन् ।
images
images
यसैगरी पक्राउ पर्नेमा अर्का चितवनको रत्ननगर गाउँपालिका–५ घर भएका ३४ वर्षीय प्रवीण महतो, रौतहटको गुजरा नगरपालिका–१ घर भएका २८ वर्षीय मुना धामी र चितवनको कालिका नगरपालिका–५ घर ३८ वर्षीय सत्यनारायण चौधरी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले उनीहरूलाई ४० बन्डल नक्कली नोटसहित पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूको साथबाट बा.प्र.०१ ०३२ च ७३१२ नम्बरको एउटा ईभी मिनी हायस र एक बा ४७ प ५४११ नं.को २२० सी.सी.को पल्सर मोटरसाइकल समेत बरामद भएको छ ।
प्रारम्भिकका क्रममा उनीहरूले नक्कली पैसासँग सक्कली पैसा साट्ने गरेको पाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।