AarthikBikash
शुक्रबार, बैशाख १८, २०८३
  • होमपेज
  • खेलकुद
  • विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

  • शुक्रबार, बैशाख १८, २०८३
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा आज नेपाल र यूएई खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

घरेलु मैदानमा जारी शृङ्खलामा नेपालले यसअघि यूएईलाई पराजित गरिसकेको छ भने ओमानसँग हार बेहोरेको छ।सिरिजको पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको नेपाल शुक्रबार पनि सोही नतिजा दोहोर्‍याउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा छ।

यद्यपि, अघिल्लो खेलमा नेपालसँग हारेको यूएई भने शुक्रबार घरेलु टोलीलाई स्तब्ध पार्ने योजनामा हुनेछ।

नेपालका लागि यो लिगका बाँकी खेलहरू जित्नैपर्ने दबाब छ । कुल ८ टोली सहभागी यस लिगमा नेपाल अहिले १४ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

लिग-२ को शीर्ष ६ भित्र रहँदै आफ्नो एक दिवसीय वरियता जोगाउनका लागि नेपाललाई शुक्रबारको खेलमा जित निकाल्नु अनिवार्य छ।

यसअघि बुधबार भएको सिरिजको दोस्रो खेलमा वर्षाले अवरोध गरेपछि नेपाल ओमानसँग डिएलएस विधिमा १ सय २ रनले पराजित भएको थियो।

सम्बन्धित समाचार