AarthikBikash
सोमवार, बैशाख २१, २०८३
  • होमपेज
  • राजनीति
  • तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

  • सोमवार, बैशाख २१, २०८३
तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बस्ने भएको हो ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल र समितिको कार्यक्षेत्रका बारेमा छलफल हुने छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले सम्पादन गरेको कामकारबाहीको जानकारी र आगामी कार्यदिशा र समितिको कार्यक्षेत्रबारे प्रारम्भिक छलफल हुने भएको छ ।

२१ फागुनको निर्वाचनबाट आएको प्रतिनिधिसभाले गत २७ चैतमा संसदीय विषयगत समिति गठन गरेको थियो । यही वैशाख ४ गते सबै समितिले सभापति पाएका थिए ।

बैठकहरूले आगामी नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने दिशा तय गर्ने अपेक्षा गरिएको छ।

 

सम्बन्धित समाचार