AarthikBikash
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भट्ट र गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

भट्ट र गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

  • सोमवार, बैशाख २१, २०८३
भट्ट र गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

काठमाडौं – प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ हुँदैछ ।

गत चैत्र १९ गते काठमाडौंको गैह्रिधारबाट पक्राउ परेका भट्टलाई थुनामुक्त गर्न माग गर्दै पत्नी आयुस्मा नेपालले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेकी थिइन् ।

उक्त रिटमाथि सर्वोच्च अदालतमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

यस्तै गोल्छा पत्नी सिमाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

हाल केन्द्रीय अनुसन्धान ब्यूरोको थुनामा रहेको शेखर गोल्छाको तर्फबाट उनकी सीमा गोल्छाले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्दै गैर कानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गरेकी थिइन्।

यसअघि सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको थियो।

शेयर खरिद चलखेल कसुरमा नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा गोल्छालाई सीआईबीले वैशाख १० नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार