काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गरेका हुन् ।यसअघि कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य थिए । उनी सरकारले ल्याएकोसार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम स्वतस् पदमुक्तमा परेका थिए ।
अर्को व्यवस्था नहुँदासम्मको लागि वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।