AarthikBikash
बुधबार, बैशाख २३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कीर्तिपुरमा साथी-साथीबीचको विवादले गयो युवकको ज्यान

कीर्तिपुरमा साथी-साथीबीचको विवादले गयो युवकको ज्यान

  • बुधबार, बैशाख २३, २०८३
कीर्तिपुरमा साथी-साथीबीचको विवादले गयो युवकको ज्यान

काठमाडौं – काठमाडौंको कीर्तिपुरमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ ।

आज दिउँसो काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको हो ।

साथीबीचको सामान्य विवादले उग्ररुप लिँदा विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।

हतियार प्रहारपछि गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ ।

उनले भने- ‘धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसक्यो चाँडै पक्राउ पर्ने छ ।

सम्बन्धित समाचार