AarthikBikash
बिहिबार, बैशाख २४, २०८३
  • होमपेज
  • राजनीति
  • ‘बालेन सरकार राजिनामा दे’ भन्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी

‘बालेन सरकार राजिनामा दे’ भन्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी

  • बिहिबार, बैशाख २४, २०८३
‘बालेन सरकार राजिनामा दे’ भन्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी

बुटवल – सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विरोधमा रुपन्देहीका सुकुम्वासीले बुटवलमा प्रदर्शन गरेका छन्।

सरकारले काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भागका सुमुम्बासी बस्तीमा डोजर अभियान चलाएको छ।

त्यसविरुद्ध नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको हो ।

सरकारले पहिला वास्तविक सुकुम्बासी पहिचान गरेर व्यवस्थापन गर्न र लालपुर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ।

उनीहरूले ‘हाम्रो मत वैध, हामी कसरी अवैध’, ‘बालेन तिम्रो पाराले, दुःख पायो साराले’, ‘बालेन सरकार राजिनामा दे’, ‘आउने चुनावमा बालेनलाई मत दिन्नौ’ लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन् ।

सम्बन्धित समाचार