AarthikBikash
शनिबार, बैशाख २६, २०८३
  • होमपेज
  • राजनीति
  • आफ्ना सांसदहरूलाई आजदेखि प्रशिक्षण दिँदै रास्वपा

आफ्ना सांसदहरूलाई आजदेखि प्रशिक्षण दिँदै रास्वपा

  • शनिबार, बैशाख २६, २०८३
आफ्ना सांसदहरूलाई आजदेखि प्रशिक्षण दिँदै रास्वपा

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई लक्षित गर्दै आजदेखि दुईदिने विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

रास्वपाको प्रशिक्षण विभागद्वारा आयोजना गरिएको कार्यक्रममा पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सांसदहरूलाई संसदीय भूमिका, नीति, समसामयिक राजनीति तथा प्रभावकारी प्रस्तुतीकरणलगायत विविध विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।

प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यका अनुसार कार्यक्रम आज र भोलि काठमाडौंस्थित संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

रास्वपाले प्रशिक्षण कार्यक्रममा सबै सांसदको अनिवार्य सहभागिता सुनिश्चित गर्न निर्देशनसमेत दिएको छ ।

पार्टीभित्र संसदीय गतिविधिलाई थप प्रभावकारी, समन्वित र परिणाममुखी बनाउन प्रशिक्षण आयोजना गरिएको बताइएको छ ।

सम्बन्धित समाचार